राप्रपाले संशोधन प्रस्ताव समर्थन गर्ने

काठमाडौं, चैत्र ३० । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने भएको छ ।

राप्रपा पदाधिकारीको बैठकले आगामी निर्वाचनमा आन्दोलनरत दलहरु सहभागी हुने सुनिश्चित भएमा आफ्नो फरक मतका रहे पनि संशोधन प्रस्तावको समर्थन गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।

सरकारले संसदमा संशोधनको नयाँ प्रस्ताव दर्ता गरेपछि राप्रपाले संशाेधन प्रस्तावलाइ समर्थन गर्ने एक विज्ञप्ती जारी गरी जानकारी गराएकाे हाे ।

मधेसी मोर्चाले भने संशोधन विधेयक अस्वीकार गर्ने निर्णय गरिसकेको छ । बैशाख ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन केन्द्रको सहमतिमा जिल्ला कार्यसमितिले स्थानीयस्तरमा अन्य दलहरुसँग तालमेल गर्ने अधिकार दिइने निर्णय पनि गरेको राप्रपाले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्