कपिलवस्तुको शितलापुरमा आगलागी, ६० जलेर नष्ट, एक गम्भिर घाइते

कपिलवस्तु, चैत ३० । कपिलवस्तुको शिवराज नगरपालिस्थित शितलापुरमा आजविहानदेखि सुरु भएको आगलागीले अहिले बेलुकीसम्ममा ६० घर जलेर नष्ट भएका छन् ।

बुधबार विहान करिव ११ बजेदेखि स्थानीय मन्नान मियाँको घरबाट सल्केको आगो नियन्त्रणबाहिर गएपछि यस्तो महामारीको रुप लिएको हो । आगलागीमा परी स्थानीय ४५ वर्षीया सिताराम लोनिया घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

खाना पकाएपछि आगो राम्रोसँग ननिभाएको कारण आगलागी सुरु भएको स्थानीयको भनाई छ ।आगलागीमा दुई दर्जन बाख्रा पनि जलेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणका लागि कपिलवस्तु र कृष्णनगर नगरपालिकाको दमकल प्रयोग गरिएको थियो ।

आगलागी पश्चात जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट जिल्ला प्रमुख अधिकारी विष्णुप्रसाद ढकालले पीडित परिवारलाई नगद रु ५ हजारका दरले राहत उपलब्ध गराएका छन् भने अझै ५ हजार दिने प्रतिबद्धता जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: