एमालेमा चर्को विवाद, चिट्ठा हालेर उम्मेदवार छनौट

बझाङ – आकांक्षी बढी भएपछि जयपृथ्वी नगरपालिका १ मा नेकपा एमालेले उम्मेद्वार छान्न चिट्ठा प्रणाली अपनाएको छ ।

आकांक्षीले एक अर्कालाई समर्थन गर्ने अडान लिएपछि द्धिट्ठा हालेर उम्मेदवार टुंगो लगाइएको खबर आजको कान्तिपुरमा छ ।

“मतदान प्रक्रियाबाट जान खोज्दा कसैले पनि मानेनन्’ एमाले वडा कमिटी अध्यक्ष गगन बहादुर सिंहले भने“‘चिट्ठा हालेर टुंगो लगाउने विषयमा सबै आकांक्षी समहत भए ।’

वडाध्यक्षका आकांक्षीहरु गगनबहादुर सिंह, सीताराम सिंह र मोहनबहादुर बिष्टबीच चिट्ठा छान्दा गगनबहादुरले बाजी मारेका छन् ।

कमेन्ट गर्नुहोस्