धनगढी नगरपालिकामा माओवादीले टुंगो लगायो उम्मेद्वार

लोकेश धामी, धनगढी
नेकपा (माओवादी केन्द्र) ले धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

उपमहानगरको प्रमुखमा धनगढी–७ का रामसमझ राना र उपप्रमुखमा वडा नं ८ की शान्ति अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउने निधो गरेको उक्त पार्टीका केन्द्रीय सदस्य रमेश धामीले जानकारी दिनुभयो । यसैगरी गोदावरी नगरपालिकाको प्रमुखमा गोकर्ण भट्ट र टीकापुर नगरपालिकाको प्रमुखमा शिव थापालाई उठाउने निधो भएको केन्द्रीय सदस्य धामीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्