लगातार दोस्रो जितसँगै, अंक तालिकाको शिर्ष स्थानमा रुपन्देही च्यालेन्जर्स

लोकेश धामी, धनगढी
धनगढी, चैत ३१

धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा वुधवार भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले जित हात पारेको छ । शक्ति गौचन नेतृत्वको टोलीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा सिआइवी अत्तरियालाई ४२ रनले पराजित गरेको छ । सेती अञ्चल प्रहरी मैदान धनगढीमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गर्दै रुपन्देहीले ६ विकेट गुमाएर १२९ रन बनायो । रुपन्देहीका लागि राजेश पुलामी ३१ र प्रकाश केसीले २९ रन वनाए । अग्रपंक्तिका ब्याट्सम्यानहरु यस्तैमा पेविलियन फर्किएपछि रुपन्देहीका पुलामी र केसीले छैटौं विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । अत्तरियाले २८ अतिरिक्त रन दिएको थियो । अत्तरियाका लागि बिनोद लामा र प्रदीप ऐरीले २/२ विकेट लिए ।

१३० रनको लक्ष्य पछ्याउने क्रममा अत्तरिया ८७ रनमै समेटियो । रुपन्देहीका बलरहरुको कसिलो बलिङ आक्रमण अगाडी अत्तरियाका कुनै ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरीयाका लागि कप्तान मल्लले ३० रन वनाए । उनी वाहेक विनोद लामाले १८ र अविनाश वोहोराले १४ रन वनाउनु वाहेक अन्य व्याटसम्यानहरु दोहोरो अंक छुन सकेनन् । अत्तरियाका ८ खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् भने त्यसमध्ये २ जना शून्यमै आउट भए ।

रुपन्देहीलाई जिताउनका लागि सहव आलमको प्रदर्शन उत्कृष्ट रहृयो । उनी एक्लैले ४ विकेट लिए । ४ ओभरमा आलमले १ मेडन राख्दै मात्र ८ रन खर्चिए । बिक्रम सोवले २ विकेट लिए । खेलको म्यान अफ द म्याच समेत बनेका आलमले नगद १० हाजर हात पारे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: