कमलरी मञ्चकी अध्यक्षले गरिन आत्महत्या

गुलरिया बर्दिया, चैत ३१ । मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन् ।

बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिनुभयो ।

चौधरीले के कारण आत्महत्या गरेकी हुन् भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

यसैबीच, बारबर्दिया–९ दक्षिणटोलमा जुवा खेलिरहेका आठ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मोतीपुर बाँसगढीबाट खटिएको टोलीले उनीहरुबाट ५७ हजार ८४५ रुपैयाँ नगद समेत बरामद गरेको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: