रत्ननगरमा माअोवादी केन्द्रबाट मेयर पदको लागि युवा व्यवसायी खनाल आकांक्षी

काठमाडौं, चैत ३१ । चितवन रत्ननगर नगरपालिकाको मेयर पदको लागि माओवादी केन्द्रबाट युवा व्यवसायी पुरु खनाल आकांक्षी देखिएका छन् ।
बैसाख ३१ गते हुने स्थानिय निकायको चुनावको लागि पोल्ट्री व्यवसायी खनालले आफुँलाई मेयर पदको लागि पार्टीले टिकट दिने विश्वास व्यक्त गरेका हुन् ।

२०५२ देखि माओवादी पार्टीमा सकृय खनालले आँफु पार्टीबाट रुचाइएको र स्थानियले पनि विश्वास गर्ने भएकाले मेयरको लागि पार्टीले टिकट दिनेमा विश्वस्त भएको बताए ।

रत्ननगरमा युवा व्यवसायीको रुपमा परिचित खनाल राष्ट्रिय व्यपार उद्योग संगठनका अध्यक्ष र नेपाल ह्याचरी उद्योग संघ चितवनका सदस्य हुन् ।

माओवादी केन्द्र रत्ननगरकी इन्चार्ज कन्चन खनाल र सहइन्चार्ज राजु अम्गाइ पनि मेयर पदको लागि पार्टीबाट आकांक्षी देखिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: