पारस खड्काको कप्तानीमा रहेको धनगढी चौराहको लगातार दोस्रो हार

डिपीएल क्रिकेटमा पारसको टीम चल्न सकेन

धनगढी, चैत ३१ । धनगढी प्रिमियर लीग(डिपिएल) मा धनगढी टीम चौराहले लगातार दोस्रो हार व्यहोरेको छ । पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराह कञ्चनपुर आइकोनिकसँग ११ रनले पराजित भएको हो ।

बिहीबार धनगढी स्थित सेती अञ्चल प्रहरी मैदानमा टस जितेर व्याटिङ गरेको कञ्चनपुर आइकोनिकले बनाएको १०६ रनको लक्ष्य पछ्याएको धनगढी टिम चौराहले १७ ओभर ४ बलमा ९४ रन बनाउँदा अल आउट भएको हो । धनगढीका लागि सर्वाधिक रन कप्तान पारस खड्काले बनाए । उनी २३ बलमा २३ रन बनाएर पवेलियन फर्के ।

आरिफ शेखले २२ रन, पृथु बास्कोटाले १९ रन र अनिल मडण्लल १२ रन बनाउनुबाहेक अन्य व्याट्स्म्यानले दोहोरो अंक जोड्न सकेनन् । धनगढीका चार जना ब्याट्सम्यान शून्यमा आउट भए । प्रेम तामाङ र सुसन भारी एक एक रनमा आउट भए । कञ्चनपुरका अभिनाश कर्णले तीन, ललित भण्डारी र चन्द्र साउदले दुई दुई साथै सिद्धान्त लोहनी र सुनिल धमलाले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले सुनिल धमलाको ३९ रन मद्यतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । कञ्चनपुरका लागि सिद्धान्त लोहनीले २७ रन, सागर पुनले २० रन बनाए । कञ्चनपुरका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका रामनरेश गिरी र आरिफ शेखले दुई दुई साथै सुशन भारी र प्रेम तामाङले एक एक विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: