स्थानीयबीच झडप हुँदा एक जनाको मृत्यु

रौतहट, चैत ३१ । आपसी विवादमा झडप हुँदा रौतहटको गोनाहीदेवाही गाउँपालिका ४ कर्कच टोलमा एक जनाको मृत्यु भएको छ । बुधबार राति स्थानीय ब्रह्मदेव माझी र लक्ष्मण माझी पक्षबीच भएको झडपमा स्थानीय ७० वर्षीय लक्ष्मण माझीको ज्यान गएको हो।

झडपका क्रममा ब्रह्मदेवको लाठी प्रहारबाट लक्ष्मणको टाउकोमा गम्भीर चोट लागेको थियो । गरुडास्थित हेल्थ ल्यान्ड अस्पलालमा उपचारको क्रममा लक्ष्मणको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।

प्रहरीले घटनामा संलग्न ब्रह्मदेव, शम्भु माझी र बिक्रम माझीलाई प्रहरीले नियन्त्रण लिएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: