प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति भण्डारीबीच भेट

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ ।
आज बिहान राष्ट्रपति निवासमा भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमणका सन्दर्भमा छलफल भएको थियो ।

राष्ट्रपति भण्डारीले आगामी बैशाख ४ गते भारतमा राजकीय भ्रमणमा जाने तय भएसकेको छ ।

भेटवार्तामा देशको पछिल्लो राजनीतिक अवस्था र चुनावको तयारीको विषयमा पनि छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: