सिवाइसी अत्तेरियाले विराटनगर किंग्सलाई दियो ९३ रनको लक्ष्य

डिपीएल क्रिकेटमा बिराटनगर किंग्सको जवाफी व्याटिङ, दुई विकेट गुमाएर ४७ रन

धनगढी, चैत ३१ । धनगढीमा जारी धनगढी प्रिमियर लीग (डिपिएल) क्रिकेटमा सीवाइसी अत्तरियाले विराटनगर किंग्सलाई ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अञ्चल प्रहरी क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिले व्याटिङ गरेको सीवाइसी अत्तरियाले ९ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । सीवाइसीका लागि मेहबुब आलमले सर्वाधिक २७ रन बनाए भने अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

याे पनि पढ्नुस  डिपिएलमा धनगढी टिम चौराहसामु रुपन्देहीको ९१ रनको चुनौती

करण केसी इनिङ्सको अन्तिम बलमा १७ रन बनाइ रन आउट भए ।

विराटनगर किंग्सका सन्दीप लामिछानेले ३ विकेट लिए भने जितेन्द्र मुखियाले २ विकेट लिए । दुवै टिमले २ दुइ खेल खेलिसकेका छन् । जसमा दुवै टिमले १ जित र १ हार व्यहोरेका छन् । यो तेस्रो खेल दुवै टोलीको लागि महत्तवपूर्ण छ ।

याे पनि पढ्नुस  डीपीएल क्रिकेटः चौथो खेल जित्दै रुपन्देही पहिलो स्थानमा

डिपिएल क्रिकेट अन्तर्गत चौथो दिनको दोस्रो खेलमा सीवाइसीले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले सात ओभरमा दुई विकेट गुमाएर ३१ रन जोडेको छ ।

कमेन्ट गर्नुहोस्