सुनसरीको मलदैयमा भीषण आगोलागी, ५६ घर जलेर नस्ट

सुनसरी, चैत ३१ । सुनसरीकोे कोसी गाउँपालिका–५ को मलदैयाटोलमा बिहीबार लागेको आगोले ५६ वटा घर टहरा जलेर नष्ट भएका छन् ।

स्थानीय मनेरु मियाँको घरबाट सल्केको आगो बस्तीमा फैलिए आगोले मुसलमान टोलका वस्ती नै सखाप पारेको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिए ।

बाक्लाे बस्ती र फुसकाे घरका कारण अागाे फैलिएकाे हाे । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक प्रविण धितालको नेतृत्वमा करिब एक सय प्रहरी परिचालन गरिएको छ ।

समयमा दमकल आउन नसक्दा आगो नियन्त्रणमा समस्या भएको हो । आगो निभाउने प्रयास जारी छ ।

इनरुवा, विराटनगर र राजविराजबाट दमकल ल्याएर आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । अागलागीबाट एक कराेड बराबरकाे क्षति भएकाे जनाइएकाे छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: