उद्योण वाणिज्य महासंघको नवनिर्वाचित नेतृत्वलाई प्रधानमन्त्रीद्वारा बधाई

काठमाडौं, चैत्र ३१ । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल उद्योण बाणिज्य महासंघको नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा उद्योण बाणिज्य महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्रीले महासंघमा केही गरौ भन्ने भावनाद्वारा प्रेरित नमूनायोग्य टिम नेतृत्वमा आएकोमा खुशी व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्रीले सरकार र निजी क्षेत्रबीच जति सहकार्य हुन सक्छ, त्यति छिटो विकास र सम्वृद्धि जान सकिने बताउँदै देशमा राजनीतिक स्थिरता हुनासाथ विकास र निर्माणको गति पैदा हुने विश्वास व्यक्त गरेका छन् ।

उनले आगामी बजेट निजी क्षेत्र मैत्री हुने बताउँदै पुराना ऐनकानूनमा समयानुकूल परिमार्जन गर्दै लगिने जानकारी र्दिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: