चितवनमा बाइसौँ वन्यजन्तु सप्ताह सुरु

रत्ननगर (चितवन),  वैशाख १। चितवनमा आजदेखि २२औँ वन्यजन्तु सप्ताह सुरु भएको छ ।

संरक्षणबारे चेतना दिन यसवर्ष ‘युवा अग्रसरताः संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नारासहित साताव्यापी कार्यक्रम सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि सुरु भएको कार्यक्रम वैशाख ७ गतेसम्म चल्ने छ ।

यो अवधिमा सरसफाइ, सचेतनामूलक कार्यक्रम, चरा अवलोकन, जङ्गल सफारी, फोटो प्रदर्शनी, घाँसे मैदान व्यवस्थापन, बाघ र गैँडा संरक्षणसम्बन्धी अन्तक्र्रियालगायतका कार्यक्रम आयोजना गरिएको वन्यजन्तु संरक्षण अभियानका संयोजक जितु तामाङले जानकारी दिनुभयो ।

सप्ताहअन्तर्गत आज सरसफाइ, वैशाख २ गते चरा अवलोकनसहित वन्यजन्तुको फोटो प्रदर्शनीको कार्यक्रम रहेको संरक्षणकर्मी तथा वन्यजन्तु फोटोग्राफर सागर गिरीले जानकारी दिनुभयो ।

यस्तै ३ गते गैँडा तस्करले मारेको भन्दै शोक ¥याली निकालिने, ४ गते घाँसे मैदन व्यवस्थापन, ५ गते निकुञ्जभित्रको खोला सरसफाइ, ६ गते बाघ संरक्षणसम्बन्धी अन्तक्र्रिया र ७ गते गैँडा संरक्षणसम्बन्धी अन्तक्र्रिया गरेर कार्यक्रम सम्पन्न गरिने छ ।

चितवन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, वल्र्ड एजुकेसन सोसाइटी, पर्यटन व्यवसायी समूह, विभिन्न सामुदायिक वन, क्षेत्रीय होटल सङ्घ, रेवान, नेचर गाइड एसोसिएसनलगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा सप्ताह सुरु भएको हो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: