यस्तो छ अमेरिकाद्वारा अफगानिस्तानमा खसालिएको आजसम्मकै ठूलो बम

अमेरिकी सेनाले अफगानिस्तानको पूर्व प्रान्त नांगराहारमा आजसम्मकै ठूलो बम खसालेको छ ।

नन न्यूक्लियर उक्त बमलाई अमेरिकीहरुले “मदर अफ अल बम्स” अर्थात् सबै बमकी आमा भनेर पनि चिनिन्छ ।

GBU-43/B मैसिव ऑर्ड्नन्स एयर ब्लास्ट बॉम्ब (MOB) नाम गरेको उक्त बमलाई आतंककारी संगठन इस्लामिक स्टेटको सुरुङ ध्वस्त गर्न प्रहार गरेको अमेरिकाको दावी छ ।

कतिपयले भने यसलाई अमेरिकाले सिरियामा रुस र इरानले अमेरिकी भूमिकामाथि गरेको आपत्तीको सांकेतिक प्रतिक्रियाका रुपमा समेत लिएका छन् । अमेरिकाले चाहेमा जे पनि गर्न सक्ने भन्दै डर र त्रास फैलाउन यो बम खसालिएको कतिपयको दावी छ । गैर परमाणु हतियार प्रयोग गर्न अमेरिकी राष्ट्रपतिको स्वीकृति लिनु पर्दैन । त्यही भएर पनि राष्ट्रपतिले आफू जोगिने किसिमले यो बम खसाल्न लगाएको समेत आरोप लगोको छ ।

यो बम आकारमा निकै ठूलो रहेको छ । ३० फिट लामो र ९ हजार ८ सय किलोग्राम हुने यो बम जिपिएसबाट सञ्चालित हुने गर्दछ । यसलाई एमसी–१३० ट्रान्सपोर्ट जहाजको कार्गो ढोकाबाट फ्याँकिएको विविसीले जनाएको छ ।

भूईमा खस्ने बित्तिकै फुटने यो बम फुटेपछि बेलुनको आकारमा विष्फोट हुने गर्दछ । एक माइल वरिपरि फैलिने यो बमलाई १९ हजार एलबी टीनएनटी अर्थात ट्राइ नाइट्रो टल्बिन बाट बनाइएको हो ।

कमेन्ट गर्नुहोस्