लगातार तेश्रो जीतसँगै रुपन्देही प्ले–अफमा प्रवेश

लोकेश धामी, धनगढी
धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा भइ रहेको सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत पाँचौं दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको हो ।

रुपन्देही च्यालेन्जर्स यो जितसँगै प्ले अफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ । च्यालेन्जर्सले अझै २ खेल खेल्न बाँकी छ भने काठमाडौं गोल्डेन्सको एक खेल खेल्न बाँकी छ । जसमा २ जित र २ हार निकालेको छ । टस जितेर व्याटिङमा गरेको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

जवाफी व्याटिङमा उत्रेको काठमाडौं गोल्डेन्सले पुरै ओभर खेली ९ विकेट गुमाउँदै १ सय २० रन बनायो । पहिलो इनिङ्समा व्याटिङ गरेको रुपन्देहीका नुरध्वज सेनले सर्वाधिक ३७ रन बनाए भने पुष्प थापाले ३६ रन बनाए । यसैगरी शंकर रानाले १६, प्रकाश केसी १२ र विक्रम सोबले १० रन बनाए ।

काठमाडौं गोल्डेन्सको तर्फबाट सोमपाल कामीले ४ ओभरमा २१ रन दिँदै ४ विकेट लिए भने १ मेडन ओभर फाले । यस्तै काठमाडौं गोल्डेन्सका मञ्जित श्रेष्ठ, बसन्त रेग्मी र सन्तोष भट्टले १ एक विकेट लिए । काठमाडौं गोल्डेन्सका तर्फबाट सर्वाधिक सुमित महर्जनले २७ रन बनाए । यस्तै काठमाडौं गोल्डेन्सकै सुबेन्दु पाण्डे र रोहित कुमार पौडेलले २०÷२० रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचनले ३ विकेट लिए भने कृष्ण कार्की र विक्रम सोबले २ विकेट लिए । खेलको म्यान अफ दि म्याचबाट पुष्प थापा पुरष्कृत भए । यस्तै दोस्रो खेल जारी छ । अहिले धनगढीको टिम चौराह र सीवाइसी अत्तरियाविच भइरहेको छ । अत्तरिया अहिले ब्याटिङ गरि रहेको छ ।

कमेन्ट गर्नुहोस्