९० करोडको लगानीमा भाटभटेनीको सुपरस्टोर सन्चालन

बुटवल, वैशाख १ । पश्चिम नेपालको रुपन्देही र त्यसआसपासका जिल्लाका ग्राहकलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केटले बुटवलमा सुविधा सम्पन्न ‘सुपरस्टोेर’ सन्चालनमा ल्याएको छ ।

बुटवलस्थित सुक्खानगरमा बनेको अत्याधुनिक भवनसहितको सुपरस्टोरको शुक्रबार विधिवत् उद्घाटन गर्दै भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले यसमा ९० करोड रुपैयाँ लगानी भएको दाबी गरे ।

राजधानीसहित मुलुकका विभिन्न सहरमा रहेको भाटभटेनीको काठमाडौं उपत्यकाबाहिरको यो चौथो शाखा हो ।

यहाँ चार सयजनालाई प्रत्यक्ष रोजगारी दिइएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: