काठमाडौंको मेयरमा पूर्व सचिव थापाको उम्मेदवारी घोषणा

काठमाडौं, वैशाख १ । काठमाडौं महानगरपालिकाको मेयरका लागि पूर्वसचिव किशोर थापाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

साझा पार्टीमा आवद्ध थापाले तर, दल दर्ता नभएकाले साझा पार्टीले स्थानीय तहको चुनावमा दलगत रुपमा भाग लिन पाउँदैन । त्यसैले स्वतन्त्र उम्मेदवारका रुपमा पूर्वसचिव थापालाई उम्मेदवार बनाउन लागिएको साझा पार्टीले जनाएको छ ।

महानगरका लागि थापाको कार्ययोजना र उपमेयरको उम्मेदवार छिट्टै सार्वजनिक गरिने साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले बताएका छन् ।

निजामती करिअर निष्कलङ्क छविका साथ अवकाश लिएका उनी केही समयअघिसम्म म्यानमारको राष्ट्रिय आवास नीति निर्माणमा अन्तर्राष्ट्रिय विज्ञका रूपमा कार्यरत थिए।

निर्वाचन कानुनका कारण थापाको उम्मेदवारी स्वतन्त्र हैसियतको हुनेछ । काठमाडौं महानगरपालिकामा थापाको उम्मेदवारीले पार्टी उत्साही भएको साझा पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आर्किटेक्ट–इन्जिनियर थापाले शहरी विकास, शिक्षा र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए। निजामती सेवामा निष्कलङ्क छविका साथ अवकाश लिएका उनी केही समयअघिसम्म म्यानमारको राष्ट्रिय आवास नीति निर्माणमा अन्तर्राष्ट्रिय विज्ञका रूपमा कार्यरत थिए।

कमेन्ट गर्नुहोस्