चुनावमा सहभागी हुन दलहरुलाई आग्रह

काठमाडौँ, वैशाख १ । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले मुलुक निर्वाचनमा होमिइसकेकाले सबै राजनीतिक दललाई चुनावको उत्सवमा सहभागी हुन आग्रह गरेका छन् ।

उनले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मुलुकमा भएका सबै आन्दोलनको उपलब्धिलाई बचाउने दायित्व सबैको काँधमा रहेको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई सबै मिलेर कार्यान्वयन र संरक्षण गर्नुको अहिलेको प्रमुख दायित्व रहेको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: