आफ्नै प्रेमकथामा अभिनय गर्दै उमेश र कविता

वैशाख १ । निर्देशक मिलन चाम्सले चलचित्र ‘बोबी’ घोषणा गरेका छन् । वास्तविक कथामा आधारित भइ बन्न लागेको यस चलचित्रका बारेमा पत्रकार सम्मेलन गरी निर्माण पक्षले जनाएको छ ।

हालै मात्र दुई चलचित्र ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’को छायांकन सकेका चाम्सले ‘वीर बिक्रम २’को पनि घोषणा गरेका थिए । ‘वीर बिक्रम २’ घोषणाको केहि दिनमा नर्वे लगायतका देशहरु तथा नेपालमा छायांकन हुने चलचित्र ‘बोबी’ घोषणा गरेका हुन् ।

यो चलचित्रलाई चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आईले निर्माण गर्नेछ । यि दुवै संस्था निर्देशक चाम्सका नै हुन् । हालै उनले बेलायतको सेरोफेरोमा काम गर्नेगरी लण्डन सिने आई प्रोडक्शन शुरु गरेका हुन् ।

‘बोबी’ नर्वेमा बस्दै आएको जोडीको वास्तविक कथामा बन्न लागेको हो । उमेश थापा र कविता गुरुङलाई निर्देशक चाम्सले भेटेर उनीहरुको वास्तविक कथा सुनेपछी त्यसैमा अाधारित भइ फिल्म बनाउने लागेकाे उनले बताए । चलचित्रमा उमेश र कविता नै प्रमूख कलाकार रहनेछन् ।

उमेश नर्वेका एक सफल इन्जिनियर हुन् । फिल्ममा उमेश र कविताको साथमा पाइलट विजय लामाको पनी अभिनय रहनेछ ।

नर्वे र नेपालको विभिन्न ठाउँहरुमा चलचित्रको छायांकन गरिने बताइएको छ । आगामी जुनबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्