प्रधानमन्त्रीले भने– अल्पसङ्ख्यक समुदायलाई स्थानीय चुनावमा प्रतिनिधित्व गराइन्छ

काठमाडौँ,  वैशाख २ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा अनिवार्य रुपमा दलित समुदायका उम्मेदवार उठाउन आफूले प्रमुख दलका नेतालाई आग्रह गरेको जानकारी दिँदै आफ्नो दलका तर्फबाट पनि प्रतिनिधित्व गराइने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दलित मुक्ति मोर्चा नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गर्न उनीहरुलाई राजनीतिक रुपमा नै अधिकारसम्पन्न बनाउनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।

स्थानीय तहमा अल्पसङ्ख्यक समुदाय, दलित, महिलालाई सम्भव भएका स्थानमा उम्मेदवार बनाइने र विजयी गराउन पनि पहल गरिने बताउँदै प्रधानमन्त्रीले ठूला दलले मात्रै यो भावनालाई बुझिदिए उत्तम हुने छ भन्नुभयो ।

यस्तै नेपाल आंशिक प्राध्यापक सङ्घले पनि आफ्ना माग पूरा गरिदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई आजै ज्ञापनपत्र बुझाएको छ । आंशिक प्राध्यापकले आफूहरुलाई त्रिविले प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने माग राखेका थिए ।

प्रधानमन्त्रीले प्राध्यापकका मागका सम्बन्धमा सम्बन्धित मन्त्रालय र त्रिविका पदाधिकारीसँग छलफल गरी आवश्यक निर्णय लिने बताउनुभएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: