डिपिएलमा शनिबारको पहिलो खेल विराटनगर र कञ्चनपुरविच हुँदै

कैलाली, बैसाख २ । धनगढी जारी धनगढी प्रिमियर लिग (डिपिएल) प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा विराटनगर किंग्स र कञ्चनपुर आईकोनिकविच प्रतिषपर्धा हुँदैछ । सेती अञ्चल प्रहरीको मैदानमा विहान ९ बजेदेखि खेल सुरु हुने छ ।

उनीहरुमध्ये विराटनगर किग्स रनरेट कम भएका कारण चौथो स्थानमा रहेको छ भने एक खेल जितेर २ अंक रहेको कञ्चनपुर आईकोनिक अंक तालिकाको पाचौ स्थानमा रहेको छ । विराटनगरको नेतृत्व शरद भेसवाकरले लिएका छन् भने, कञ्चनपुरको बिनोद भण्डारीले । यस्तै दिउँसो १ बजे हुने दोस्रो खेलमा काठमाण्डौ गोल्डेन्स र धनगढी टीम चौराहवीच प्रतिस्पर्धा हुनेछ ।

गोल्डेन्स ४ खेलमा २ जित र २ हार सहित तालिकाको दोश्रो स्थानमा छ भने टिम चौराह अंक तालिकाको पुछारमा छ । काठमाण्डौं बसन्त रेग्मीको र धनगढी पारस खड्काको कप्तानीमा छ । धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्च एकेडेमीको संयुक्त आयोजनामा भईरहेको प्रतियोगितामा ६ टिम सहभागी छन् । ६ वटा शहरका नामबाट बनाइएका टिममा सुदूरपश्चिमका तीन शहरका तीन टिम सहित काठमाडौंको एक, विराटनगरको एक र भैरहवाको नामबाट एक टिम छन् । सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता डिपिएलको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैया पुरस्कार पाउने छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: