उत्तर कोरियाद्वारा सैन्य क्षमता प्रदर्शन, परमाणु युद्दका लागि तयार रहेको चेतावनी

काठमाडौं, बैशाख २ । अमेरिकाले अफगानिस्तानमा सबैभन्दा ठूलो न्यूक्लियररहित बम खसालको केही घण्टामैं उत्तर कोरियाले भने परमाणु युद्दका लागि तयार रहेको चेतावनी दिएको छ ।

कोरियाली चर्चित नेता किम इल सुङको १०५ औं वर्षगाँठ मनाउँदै उत्तर कोरियाले कुनै पनि किसिमको लडाईका लागि आफूहरु तयार भएको बताएको छ ।
राजधानी प्योङप्याङमा आयोजित भव्य समारोहमा रक्षा सामानहरुका साथै सैनिकहरुले भव्य परेडको आयोजना गरेका थिए । सोही अवसरमा कोरियाली राष्ट्रपतिको समेत उपस्थिति रहेको थियो ।

यता अमेरिकाले भने दक्षिण कोरियाली सेनासँग मिलेर आफ्ना युद्दपोतहरु तैनाथ गरेको छ । अमेरिकाले यसलाई नियमित प्रक्रिया बताए पनि उत्तर कोरियाले भने युद्दका लागि अमेरिकाले उक्साएको जनाएको छ ।

उत्तर कोरियाले पहिलोपटक पानीजहाजबाट छोडिने मिसाइलको समेत प्रदर्शन गर्यो । यो मिसाइलले परमाणु हतियार समेत लग्न सकिने बताइन्छ ।

अमेरिकाले आफूहरुलाई कम नआँक्न चेतावनी दिँदै उत्तर कोरियाले आफूहरु हरेकखाले युद्दका लागि तयार भएको र परमाणु हमलाको धौंस नदेखाउन पनि अमेरिकालाई भनेको छ ।

उक्त अवसरमा हजारौं कोरियाली जनताको सहभागिता रहेको थियो ।

अमेरिकाले उत्तर कोरियाविरुद्ध थप कडाई गर्ने र सैन्य घेरा उगर्ने समाचार आइरहेको बेला यसबाट थप चुनौती निम्तिन सक्ने सुरक्षा विशेषज्ञहरुले टिप्पणी गरिरहेको बेला कोरियाको यस्तो चेतावनी सार्वजनिक भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्भ र उन्मादले विश्वमा नै थर्मो न्यूक्लियर वारको खतरा रहेको कोरियाले जनाएको छ ।

आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उत्तर कोरियाले बारम्बार बताउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: