आममाफी पाएका नेपाली कामदारलाई ठगी गर्ने एमाले नेता पक्राउ

काठमाडाैं, २ वैशाख । नेकपा एमाले निकट प्रवासी मञ्च साउदीका कार्यबाहक अध्यक्ष परशुराम मिश्र मजदुर ठगी आरोपमा साउदीमा पक्राउ परेका छन् ।

लामो समयदेखि साउदी अरबको रियादमा कार्यरत तनहु स्थाई ठेगाना भई हाल चितवन निबासी परशुराम मिश्रले आममाफीको समयमा नेपालीहरुबाट मोटो रकम लिई नेपाल पठाई दिन्छु भन्दै ठगी गरिरहँदा माओवादी केन्द्र निकट जन प्रगतिशील मञ्च साउदिले विशेष सूचनाको आधारमा खोजी गरि नेपाली दूतावासको जिम्मा लगाएको मञ्चका केन्द्रिय सदस्य युवराज पौडेलले जानकारी दिए ।

साउदी सरकारले अबैधानिक रूपमा कार्यरत आप्रवासी कामदारलाई निर्वाधरूपमा स्वदेश फर्कन पाउने गरि केहि दिन अघिबाट सुरु गरेको आममाफीको सम्पूर्ण प्रक्रिया निःशुल्क रहेको तथा दुताबासलगायत संघ, संस्था एवं सामाजिक अभियन्ता नेपालीहरुको सहयोगमा सजह फिर्ती हुन पाउने अवस्थामा मिश्रले पीडित नेपाली श्रमिकबाटनै रकम ठगी गरेको हुँदा पीडितहरुले फिर्ती प्रक्रियाप्रति नै शंका गर्न थालेको पाैडेलले बताए ।

यस्तै नेपाली राजदुताबास साउदीको आधिकारिक फेसबुक पेज मार्फत जारि गरिएको विज्ञप्तिमा ३ जना नेपाली नागरिकहरु पूर्णधन राई,राम थापा मगर र कमान सिंह थापासँग परशुराम मिश्रले आममाफीको समयमा नेपाल पठाई दिन्छु भनि मोटो रकम ठगि गरेको उजुरीको विषयमा जन प्रगतिशील मञ्च साउदीको विशेष पहलमा दुवै पक्षलाई राजदुताबासमा बोलाई यथार्थ विवरण बुझ्दा मिश्रले पीडितबाट रकम ठगी गरेको स्वीकार गरेकाले पिडितहरुको रकम असुल उपर गरी मिश्रलाई कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रहरीको जिम्मा लगाइएको उल्लेख गरिएको छ ।

पौडेलले मिश्र लामो समयदेखि समाजसेवाको आडमा दुताबाससम्म पहुँच बनाउदै खेलकुद प्रतियोगता देखि विभिन्न कार्यक्रमको आयोजनामा निकै सक्रियताका साथ लाग्ने गरेका भएपनि खेलकुद प्रतियोगिता र सोको आधारमा हुने सम्बन्धको प्रयोग गरि नेपालमा पहेंलो धातुको अबैध तस्करी, हुण्डी लगायतको कार्यमा समेत संलग्न हुँदै आएको रहस्य खुल्न थालेको बताए ।

त्यस्तै, एनए मिडियाका प्रधान सम्पादक कृष्ण श्रेष्ठले सो प्रकरण सम्बन्धमा नेपाली दुताबासका कार्यवाहक राजदुत आनन्द शर्मासँग गरेको टेलीफोन वार्तामा शर्माले मिश्र दुताबासको गेटसम्म आएका सेवाग्राहीहरुलार्इ समेत नर्गल कुरा लगाई आफ्नो जालमा पार्ने गरेको र ती नेपालीहरुलाई छिट्टो नेपाल फर्काउने लोभ देखाई पैसा माग्ने गरेको बताए ।

उजुरी परेका मध्ये ३ जना सँग २५००/२५००/१८०० साउदी रियल लिई सकेको र अझै थप ६३०० रकम लाग्ने भनि रकम बार्गेनिग गरि रहँदा पीडितलाई रकम निकाल्न अप्ठ्यारो परेको भनी मञ्च साउदीका केन्द्रिय सल्लाहकार गणेश घटानीको सम्पर्कमा आएका र घटानीले विशेष पहल गर्दै पीडित र पिडक दुबैलार्इ दूतावासमा उपस्थित गराइ बुझ्दा पिडकले उम्कने बहाना खोज्न थालेपछि प्रहरीको जिम्मा लगाउनु परेको पौडेलले बताए ।

दुताबासले यसअघि नै मिश्रलाई बिगतका गल्तीहरुमा आन्तरिक सहमति बाट छुट दिएको भएपनि मजदुर ठगीको स-प्रमाणमा कुनै माफी नमिल्ने भन्दै दूताबासले नै प्रहरीलार्इ बोलाएको पौडेलले जानकारी दिए ।

उनका अनुसार मञ्चको पहलमा भएको यस कार्यप्रति नेपाली दूतावास साउदीले खुलेर प्रशंसा गरेको र समाजसेवाको ट्याग भिरेर दलाली गर्नेहरुसँग सजक रहन सबैलाई अनुरोध समेत गरेको छ ।

खबरडबलीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: