विभिन्न पार्टी परित्याग गरी दुईसय माओवादी केन्द्रमा प्रवेश

सुनसरी, बैशाख २ । पूर्वको सुनसरीमा विभिन्न पार्टी परित्याग गरेर दुईसय बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सुनसरीको इनरूवा नगरपालिका वडा नं. १० (साबिक जल्पापुर गाविस) मा राप्रपा, एमाले, काँग्रेस र फोरमका दुई सय बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

स्थानीय लोकप्रिय नेता हाजी बेचु मियाँ, अलाउद्दीन मन्सुरी, रामपृत शर्मा र वसन्त सरदारलगायतको नेतृत्वमा विभिन्न पार्टीबाट सक्रिय स्थानीय नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

याे पनि पढ्नुस  पार्टीलाई फुट्नबाट जोगाउने कमल थापाको रणनीति

सुनसरीको दक्षिणी भूगोलमा दैनिक दर्जनौ राजनीतिकर्मी माओवादी केन्द्रमा प्रवेश गर्ने क्रम जारी रहेको छ । अपेक्षाकृत कमजोर रहेको माओवादी केन्द्रको दक्षिणी भेगमा पार्टीबाट प्रवेश गर्ने बढेपछि उक्त क्षेत्र माओवादी केन्द्रको लागि राम्रो अवस्थामा पुगेको छ ।
कार्यक्रममा नव प्रवेशी बेचु मियाँले भने, ‘माओवादी आम पीडित जनताको पार्टी हो । यही कुरा अनुभूत भएर हामी ठूलो संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका हौं ।’

याे पनि पढ्नुस  बाबुरामजीले पश्चाताप गरेर माओवादीमै फर्किनुपर्छ : प्रचण्ड

वसन्त सरदारले भने–‘दलित, मजदुर, किसानको मुद्दा सम्बोधन गराउन हामी जल्पापुरवासीहरू माओवादीमा प्रवेश गरेका छौं ।’

प्रवेश कार्यक्रममा माओवादी नेता डम्बर सुवेदी ‘हिमाल’, पप्पु मण्डल, जाकिर हुसैन, सुरेन्द्र कटवाल, ओके दाहाल, माया पोख्रेल, तोया गिरी, मुख्तार आलम, सुद्दीन मियाँ, सद्दाम हुसेन, जुमराती मियाँको उपस्थिति रहेको थियो ।

याे पनि पढ्नुस  सय जना नेता कांग्रेस एमाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

कार्यक्रममा बोल्दै सांसद जाकिर हुसैनले भने, ‘सुनसरीको दक्षिण बेल्टमा हिजो माओवादी कमजोर हुँदा जनताको आवाजलाई दबाइएको थियो । अब, हामी मजबुत हुँदैछौं । अब जनताको आवाज मजबुत हुनेछ । जनताको कुरा हनमीले सम्बन्धित निकायसम्म पुर्याउने छौं ।

कमेन्ट गर्नुहोस्