बालकृष्ण ढुंगेललाई पक्राउ पुर्जी जारी गरेकोमा बैद्यको आक्रोश, मुद्दा तत्काल फिर्ता लिनू

काठमाडौं, वैशाख २ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सर्वोच्च अदालतले पूर्व सभासद बालकृष्ण ढुंगेललाई ७ दिने पक्राउ पुर्जी जारी गरेकोमा आपत्ति जनाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै जनयुद्धको मुद्दा समाधान गर्न दुईवटा आयोग बनिसकेको अवस्थामा अदालतले पुन मुद्दा व्युझाउन खोजेकोमा आपत्ति जनाएको हो ।

विज्ञप्तीमा राज्यको तर्फबाट जनयुद्धकालिन मुद्दा तत्काल फिर्ता लिन आग्रह गरिएको छ ।

वैद्यको नै हस्ताक्षर रहेको विज्ञप्तिमा जनयुद्धको नेतृत्वको एउटा हिस्सा सरकारमा रहनु र जनयुद्धमा संलग्न भएका कार्यकर्ता उत्पीडित बन्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख छ । जनयुद्धकालीन मुद्दाबारे आयोगमार्फत मेलमिलापको व्यवस्था गर्न बैद्यले माग गरेका छन् ।

उनले अदालतको अवहेलना गरेको भन्दै परेको अर्को मुद्दामा सर्वोच्चले बिहीबार सुनुवाई गर्दै ढुंगेललाई ७ दिन भित्र पक्रन प्रहरीलाई निर्देशन दिएकोप्रति वैद्य माओवादीले आपत्ति जनाएको हो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ ।

तर अदालतलाई नै चुनौती दिँदै ढुंगेल खुल्लम खुल्ला हिँडेको भन्दै प्रहरी प्रशासनको आलोचना भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: