चट्याङबाट युवकको मृत्यु

इलाम, वैशाख २ । इलाम जिल्लाकाे  देउमाई नगरपालिका–२ मा एक युवकको शनिबार चट्याङ लागेर ज्यान गएको छ ।

घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको ज्यान गएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: