आरिफ शेखको अर्धशतीकिय मद्दतले टिम चौराहको पहिलो जित

धनगढी, वैशाख २ । शनिबार दिउँसो भएको दोस्रो खेलमा पारस खड्काको नेतृत्वमा खेलिरहेको टिम चौराहा धनगढीले पहिलो जित हासिल गरेका छन् ।

धनगढीले काठमाडौं गोल्डेन्सलाई ११ रनले हराएको छ ।

१ सय ३७ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि बसन्त रेग्मीले ११ रन, सोमपाल कामीले २४ रन, रोहित कुमारले १२ रन, सन्दीप झोराले २८ रन बनाए ।

धनगढीका आरिफ शेख र सौरभ खनालले तीन तीन साथै रामनरेश गिरीले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट जाँदा १ सय ३६ रन बनाएको थियो ।

धनगढीका लागि राजु रिजालले ११ रन, अनिल मण्डलले २९ रन, आरिफ शेखले ५८ रन र सुभेन्दु पाण्डेले १६ रन बनाएका थिए ।

काठमाडौंका सोमपाल कामी र मञ्जित श्रेष्ठले तीन तीन साथै बसन्त रेग्मी र सन्तोष भट्टले एक एक विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: