शाैचालयकाे ट्यांकीमा बालकको शव फेला

धनुषा, वैशाख २ । धनुषा जिल्लाकाे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा शनिबार आफ्नै घरको शौचालयको ट्याङ्कीमा आठ वर्षीय केशव राउतको शव फेला परेको प्रहरी सहायक निरीक्षक टीकप्रसाद बरालले जानकारी दिएका छन् ।

प्रहरीले शव भेटेलगत्तै बालकका बुबा देवनारायण र सौतेनी आमा रीनादेवीलाई नियन्त्रणमा लिएको छ ।

बालकको हत्या गरेको आशङ्का प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

छोरा हराएको भन्दै सौतेनी आमा रीनादेवीले बिहीबार वडा प्रहरी कार्यालय मुजेलियामा निवेदन दिएकी थिइन् ।

खोजतलासको क्रममा बालकको शव शौचालयको ट्याङ्कीमा फेला परेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: