विश्वकै सबैभन्दा बृद्ध व्यक्तिको निधन

इटली, विश्वकै सबैभन्दा बृद्ध व्यक्तिको निधन भएको छ । इटलीकी एमा मोरैनो लेको ११७ वर्षको उमेरमा मृत्यु भएको हो ।

आधिकारिकरुपमा एमा नै सबैभन्दा बृद्ध व्यक्तिका रुपमा चिनिन्थिन । उनको जन्म सन २९ नोभेम्बर १८९९ मा इटलीमा भएको थियो । उनले तीन शताब्दीको जीवन बाँचेकी थिइन ।
तीन शताब्दीको लामो जीवनको कालखण्डमा खराब वैवाहिक जीवन, आफ्नो एक्लो छोराको मृत्यु, दुई विश्वयुद्ध, समाजवादको उत्थान र पतन तथा इटलीमा मात्रै ९० भन्दा बढी सरकारलाई उनले देखिन ।

आफ्ना ८ भाई बहिनीहरुमा इमा सबैभन्दा जेठी थिइन । आफ्ना बुवाआमाबाट पाइएका वंशाणुगत जीन र हरेक दिन ३ वटा अण्डा खानुलाई उनी लामो उमेरको रहस्य बताउँथिन् । उनकी आमा पनि ९१ वर्षसम्म बाँचेकी थिइन ।

कमेन्ट गर्नुहोस्