नेपाल–चीन संयुक्त सैन्य तालिम आजदेखि

काठमाडौँ, वैशाख ३ । नेपाली सेना र चिनियाँ सेनाको संयुक्त सेन्य आजबाट औपचारिक रुपिमा तालिम सुरु हुँदैछ । दुई देशका सेनाबीच पहिलोपटक ‘सगरमाथा फ्रेन्डसिप २०१७’ नाम दिएर संयुक्त सैन्य अभ्यास हुन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपालले संयुक्त सैन्य अभ्यास गर्न लागेको चीन तेस्रो देश हो । नेपाली सेनाले भारत र अमेरिकासँग यसअघि देखि नै दुईपक्षीय संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

नेपाली सेनाको विशेष फौज युद्धभैरव गण र चीनको विशेष फौजबीच हुने तालिममा आतंकवादबादको बिषयमा बढि जोड दिईनेछ । सैनिक जनसम्पर्क निर्देशनालयले निकालेको विज्ञप्तिमा तालिमले द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरूबाट सैनिक ज्ञान तथा पेसागत क्षमता अभिवृद्धि गर्नुको साथै सैनिक तथा कूटनीतिक सम्बन्ध अझ बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको उल्लेख छ ।

यसअघि गएको माघ २८ गतेका लागि तालिमको समय भएको थियो । तर आवश्यक तयारी नपुगेको भन्दै सरेको थियो । मित्रराष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरूलाई निरन्तरता दिने क्रममा तालिम हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्