सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय खुल्दै

काठमाडौँ, वैशाख ३ । ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय आजबाटबाट खुल्दै छन् । निर्वाचन आयोगले वैशाख ३१ का लागि तय स्थानीय निर्वाचन गराउन जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।
आयोगका प्रवक्ता सुयैप्रसाद शर्माले आजदेखि ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय खुल्ने जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतले जिल्लामा छुट्टै कार्यालय खोलेर निर्वाचनका लागि सम्पादन गर्नुपर्ने काम र आफू मातहतका निर्वाचनमा खटिने कर्मचारीका लागि काममा खटाउने जिम्मेवारी हुन्छ ।
आयोगले आजसम्ममा सबै मतदाताहरुको नामावली मतदानकेन्द्र सहित आफ्नो वेवसाईडमा अपलोड गरिसक्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्