डिपिएलको आजको पहिलो खेलमा विराटनगर र रुपन्देही भिड्दै

लोकेश धामी, कैलाली

धनगढी स्थित सेती अञ्चल प्रहरीको खेल मैदानमा जारी धनगढी प्रिमियर लिग ९डिपिएल० प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स तथा दोस्रो खेलमा सिवाईसी अत्तरीया र कञ्चनपुर आईकोनिक वीचमा प्रतिस्पर्धा हुने भएको छ । पहिलो खेल विहान ९ बजे सुरु हुने छ ।

विराटनगरका कप्तान शरद भेसवाकर छन् भने रुपन्देहीको शक्ति गौचन । दुबै टिम प्लेअफमा प्रबेश गरि सकेका छन् । धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा भईरहेको प्रतियोगितामा ६ टिम सहभागी छन् । ६ वटा शहरका नामबाट बनाइएका टिममा सुदूरपश्चिमका तीन शहरका तीन टिम सहित काठमाडौंको एक, विराटनगरको एक र भैरहवाको नामबाट एक टिम छन् ।

सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता डिपिएलको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैया पुरस्कार पाउने छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: