स्थानीय चुनाव विरुद्ध मधेसी मोर्चाले थप संघर्ष गर्ने

काठमाडौँ, ३ बैशाख । संविधानको अन्र्तवस्तुमा असहमती राखेर आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय निर्वाचन विरुद्ध आज थप आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ । संविधान संशोधनविना निर्वाचनमा सहभागी नहुने घोषणा गरेको मधेसी मोर्चाले सरकारले गएको चैत २७ गते संसद सचिवालयमा दर्ता गरेको संविधान संसोधन विधेयकप्रति असन्तुष्टी जनाउँदै आन्दोलन चर्काउने र निर्वाचनमा भाग नलिने घोषणा गरिसकेको छ ।

सरकारले प्रदेश सिमाङ्कन विवाद आयोग बनाएर टुङ्ग्याउनेगरी मोर्चाकै सहमतीमा प्रस्ताव दर्ता गरेको हो । कार्यदलस्तरमा भएको सहमतीलाई सदर गरेको मोर्चाले आफैँ उलङ्घन गरेर सरकारी प्रस्ताव नमान्ने र

आन्दोलनमै रहने निर्णय गरेकोलाई सरकारले आश्चर्य भनेको छ । तरमोर्चा सहितको संघिय गठबन्धनले काठमाण्डौँमा विहान ११ संयुक्त पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: