दक्षिण अमेरिकि राष्ट्र उच्च शिक्षा अध्ययनका लागि अनुपयुक्त

काठमाडौँ, ३ बैशाख । उच्च शिक्षा अध्ययनका लागि दक्षिण अमेरिकी राष्ट्रमा उपयुक्त वातावरण नभएको एक अध्ययनले निश्कर्ष निकालेको छ । शिक्षा र परराष्ट्र मन्त्रालयले गरेको अध्ययनले विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण समेत नभएको ठहर गरेको छ ।

लगत्तै शिक्षा मन्त्रालयले ति राष्ट्रमा जान मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको छ । मन्त्रालयले चिलीलगायत दक्षिण अमेरिकी महादेशका अन्य देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ नदिने निर्णय पनि गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा उल्लेख छ ।

अध्ययनको बहानामा रोजगारी तथा अन्य उद्देश्यले चिली सहित ब्राजिल लगायतका देशमा गएहरु समस्यामा पर्ने गरेका अध्ययनले निश्कर्ष निकालेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: