स्थानीय चुनावका लागि ६२ जिल्लाको मतपत्र छपाई सकियो, मत्रपत्रको सुरक्षा सेनालाई

काठमाडौं, चैत ३ निर्वाचन आयोगले स्थानीय चुनावका लागि ६२ जिल्लाको मतपत्र छापिसकेको छ ।

ब्यवस्थापिका संसद राज्य व्यवस्था समितिको सिंहदरवारमा आज बसेको बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतपत्रलाई ब्याण्डिङ गरेपछि विभिन्न जिल्लामा सुरक्षा सहित पुर्याउने जिम्मा नेपाली सेनालाई दिइने जानकारी दिए ।

चुनावका लागि आवश्यक पर्ने १ करोड ६० लाख मतपत्रको ढुवानी र सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने भएको हो
समिति बैठकमा प्रमुख निर्वाचन आयुक्त यादवले चुनावका लागि चीनले १२ प्रकारका सामाग्री सहयोग गरेको र भारतबाट आउने सामाग्रीको प्रक्रिया पनि अघि बढेको जानकारी दिए । अहिलेसम्म ३० हजार मत पेटिका भने आइसकेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: