डिपिएल क्रिकेटमा विराटनगरसामु रुपन्देहीको १३३ लक्ष्य प्रस्तुत

काठमाडौं, चैत ३  धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा विराटनगर किंग्ससामु रुपन्देही च्यालेन्जर्सले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
धनगढीस्थित सेती अञ्चल प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ् सुरु गरेको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० अोभरमा पुरै ओभर खेलेर ८ विकेट गुमाइ १३२ रन बनायो । रुपन्देहीका लागि सर्वाधिक रन अन्तिम थापाले ४५ रन बनाए ।
विराटनगरका शुशील कंडेल र दिपेन्द्र सिंह ऐरस्ले २/२ विकेट लिए । पवन सर्राफ, किशोर महत्तो, सन्दिप लामिछाले र सरद भेष्वाकरले १/१ विकेट लिए ।

दोस्रो खेलमा सिवाईसी अत्तरीया र कञ्चनपुर आईकोनिक वीचमा प्रतिस्पर्धा हुनेछ
धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा भईरहेको प्रतियोगितामा ६ टिम सहभागी छन् । डिपिएलको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैया पुरस्कार पाउने छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: