२७ गते आमहड्ताल सहितको मोर्चाले घोषणा गर्यो आन्दोलन

काठमाडौं, बैशाख ३ । संघीय गठबन्धन सहितको मधेसी मोर्चाले मधेस थरुहट लिम्बुवान बन्ददेखि नेपालबन्दसम्मको आन्दोलन घोषणा गरेको छ ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत मोर्चा गठबन्धनले आन्दोलनको घोषणा गरेको हो ।

सरकारले मधेसी मोर्चाको माग सम्बोधनका लागि नयाँ संशोधन प्रस्ताव दर्ता गरेपछि मोर्चाले नयाँ आन्दोलन घोषणा गरेको हो । सरकारले बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको चुनाव विथोल्ने उद्देश्यले मोर्चाले बैशाख ५ गतेदेखि चरणबद्ध आन्दोलन आन्दोलन गर्ने भएको छ ।

मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस निकाल्ने र ९ गतेदेखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने बताइएको छ ।

बैशाख १२ देखि २७ गतेसम्म क्षेत्रीय स्तरका बन्दहरु र लाठी तथा मसाल जुलुसका कार्यक्रम छन् । २७ गतेदेखि चुनावलाई लक्षित गरेर आम हडताल गर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्