गृहमन्त्रीको प्रस्ताव दुई चरणमा चुनाव

स्वतन्त्र दललाई एउटै चुनाव चिन्ह दिन सकिदैँन-अायुक्त यादव

काठमाडौं, वैशाख ३ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले दुई चरणमा चुनाव गर्न प्रस्ताव गरेका छन् । आइतबार संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री निधिले दलीय सहमति महत्वपूर्ण रहेको भन्दै दुई चरणमा चुनाव गर्न प्रस्ताव गरेका हुन् ।

गृहमन्त्री निधिले एकैचरणमा चुनाव नहुनेमा सबै दल पुगेको दाबी गरे । उनले भने- ‘सबै दल एकै चरणमा चुनाव हुन नसक्ने निष्कर्षमा पुगिसकेका छन्, अब असहमतिका बीच दुई चरणमा चुनाव गर्ने वा सबै दलको सहमति लिएर दुई चरणमा चुनाव गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।’

संविधान संशोधन र चुनाव एक अर्कामा जोडिएका विषय भएको पनि उनले बताए ।
सरकार सबैदललाई समेटेर चुनावमा जाने र त्यसका लागि वातावरण बनाइरहेको मन्त्री निधिले बताए ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचन अचार संहिता अझै कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाउँदै आचारसंहिता कार्यान्वयनमा जोड दिए । आयुक्त यादवले सबै स्वतन्त्र दललाई एउटै चुनाव चिन्ह दिन नसकिने बताउँदै मतपत्र छाप्न पठाइसकेकाले फेरबदल गर्न नसकिने स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: