सुवासको ‘तिम्रो माया हाई भोल्टेज करेन्ट’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, वैशाख ३ । गायक सुवास चाम्लिङको एल्बम हाई भोल्टेज गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

बसन्त सापकोटाको संगीतमा बनेको ‘तिम्रो माया हाई भोल्टेज करेन्ट’ बोलको गीतको म्युजिक भिडियो पोखरामा छायाङ्कन गरिएको छ । रिबेल क्रिएसनको प्रस्तुति रहेको गीतको म्युजिक एरेञ्ज किरण तुलाधरले गरेका हुन् ।

उक्त गीतमा पोखराका मोडलहरू मिलन र सृजनाले अभिनय गरेका छन् ।  दिलिप समनले निर्देशन गरेको भिडियोले पोखराका मनोरम दृश्यसमेत समेटेको छ ।

‘गायन यात्राको संघर्षमा गरेको सृजना भएकाले दर्शकबाट राम्रो प्रतिक्रियाको अपेक्षा गरेको छु’, गायक चाम्लिङ्ले भने, ‘हाई भोल्टेजले युवा र अहिलेको प्रेमी पुस्तालाई समेटेको छ ।’

हेर्नुहोस् म्यूजिक भिडियो–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: