जावलाखेलमा मुख्य निर्वाचनको कार्यालय स्थापित

काठमाडौँ, ३ वैशाख । स्थानीय तह निर्वाचनका लागि ललितपुर जिल्लाको जावलाखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

प्रजिअ दीपक काफ्ले र मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले कार्यालयको उद्घाटन गरे । प्रजिअ काफ्लेले निर्वाचन भयरहित रुपमा सम्पन्न गर्नका लागि सुरक्षाकर्मी तयार अवस्थामा रहेको बताए ।

मुख्य निर्वाचन अधिकृत दवाडीले कार्यालय स्थापनासँगै निर्वाचनको वातावरण बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी सीता साम्बाले बाँकी पाँच निर्वाचन अधिकृतको कार्यालय यही वैशाख १२ गते तोकिने छ ।

ललितपुरमा ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिका तथा कोन्जेसुङ, वाग्मती र महाङ्काल गाउँपालिका छन् ।

दुई लाख १३ हजार ७२ मतदाता रहेको ललितपुरमा एक सय ३१ स्थानका दुई सय ८४ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी साम्बाले जानकारी गराए ।

कमेन्ट गर्नुहोस्