राष्ट्रपति भण्डारी घुम्न जाँदा सार्वजनिक विदा

काठमाडौँ, वैशाख ३ । राष्ट्रपति विद्या देवी भण्डारीको सोमबारदेखि हुने मित्र राष्ट्र भारतको राजकीय भ्रमणका अवसरमा भोलि एक दिन सार्वजनिक विदा दिने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति भण्डारीले गर्न लागेको भ्रमणका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  चर्काे आलोचनापछि राष्ट्रपति फर्किने दिन सार्वजनिक विदा नहुने

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण स्वीकृत गर्नुका साथै सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीको औपचारिक राजकीय भ्रमणमा ३४ जनाको भ्रमण दल रहने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  राष्ट्रपतिलाई भारतीय विदेशमन्त्री र गृहमन्त्रीको प्रश्न- स्थानीय तह निर्वाचन के हुँदैछ ?

राष्ट्रपति भण्डारी पाँचदिने राजकीय भारत भ्रमण पूरा गरी आगामी शुक्रबार स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ ।

सरकारले यसअघि पनि राष्ट्रप्रमुखबाट हुने मित्रराष्ट्रको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने गरेको थियो ।

कमेन्ट गर्नुहोस्