झापाका डाँगीको जापानमा मृत्यु

वैशाख ३ । रोजगारीका लागि ८ महिनाअघि जापान पुगेका झापा शनिश्चरे –३ का खेमराज डाँगीको जापानको टोकियोमा मृत्यु भएको छ ।

३४ वर्षीय डाँगीको टोकियो महानगरपालिकाको कामाताको एक अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

शनिबार बेलुका खाना खाएर आराम गरिरहेको समयमा एक्कासी शरीरलाई असहज भएको र उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भएपछि अस्पताल सामान्य परीक्षणपश्चात नै डाँगीलाई मृत घोषणा गरिदिएको डाँगीका साला नाता पर्ने राजकुमार कुवरले बताएका छन् ।

त्यस्तै अस्पतालको रिपोर्ट त्यति विश्वस्त खालको नभएपछि डाँगीको शवलाई जापान प्रहरीले नियन्त्रणमा लिएको झापाली समाज जापानले जनाएको छ । प्रहरीले सोमवार पुनः पोष्टमार्टम गर्ने जनाएको छ ।

भ्रमणका लागि जापान पुगेका डाँगीको भिषाको बास्तबिकता थाहा हुन सकेको छैन् ।

उनका श्रीमती र ७ वर्षीय छोरा नेपालगञ्जस्थित घरमा रहेका छन् । उनीहरुको पारिवारिक अवस्था कमजोर रहेको भन्दै झापाली समाज जापानका अध्यक्ष तुलसी पाठकले सहयोगका लागि यहास्थित नेपाली समुदायसित आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्