दलहरू मिल्नुको विकल्प छैन : सभामुख

काठमाडौँ, वैशाख ३ । मुलुकको विकास र समृद्धिका लागि दलहरु एकभएर अगाडि बढ्न आवश्यक रहेको सभामुख ओनसरी घर्तीले बताइन् ।

नेपाल सद्भावना पार्टीको २८ औँ स्थापना दिवस, गजेन्द्र जयन्ती तथा पार्टी महासमिति उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्नका लागि दलहरु मिलेर अघि बढ्नुपर्ने बताइन् ।

सभामुख घर्तीले संविधान जारी भइसकेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै मुलुकको आर्थिक विकासका लागि दलहरु एकताबद्ध भएर अगाडि बढाउनुपर्नेमा जोड दिदैं व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुकका बारेमा सोच्नसमेत आग्रह गरिन् ।

कमेन्ट गर्नुहोस्