तोकिएकै मिति हुन्छ चुनाव : थापा

लोकेश धामी

कैलाली, वैशाख ३ । उप–प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तोकिएको समयमो स्थानीय तहको चुनाब हुने बताएको छन् ।

कैलालीको टीकापुरमा आयोजित सेती अञ्चल स्तरिय आम सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले स्थानीय चुनाब जनताको अधिकार उपलब्ध गराउने कुरा भएकाले मधेशी मोर्चालाई समहमतिमा ल्याएर आगामी बैशाख ३१ गतेमा नै चुनाब सम्पन्न हुने उनले बताए ।

थापाले भने, ‘मधेशी दलहरुको मागलाई सहकार्यबाट समाधान गरिन्छ अनि चुनाव हुन्छ । त्यसमा निश्चिन्त रहनुहोला ।’ स्थानीय तहमा जनताका अधिकारलाई सुनिश्चत गर्न सबै राजनीतिक दलहरुले एक ढिक्का भएर लाग्नुको विकल्प नभएको उनले बताए ।

त्यस्तै २०७२ मा घटेको टिकापुर काण्डको कुरा स्मरण गर्दै उपप्रद्यानमन्त्री थापाले घटनाका बिषयमा छानबिन आयोग गठनको समितीबाट रिर्पोट आएपछि मात्रै न्यायोचित निर्णय गरिने उल्लेख बताए । भेलालाई सम्बोधन गदै केन्द्रिय सह–महामन्त्री चन्द्र गुरुङ्गले नेताहरुले बिदेशीहरुको लोप र लालचमा फसेर हिन्दुराष्ट्र हटाएकाले अब नेपाललाई हिन्दुराष्ट घोषणा गर्नका लागि अब संघर्षका कार्यक्रम अगाडी बढाउने चेतावनी दिए ।

कार्यक्रममा गायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सदस्य कोमल ओलिले राष्ट्रिय प्रजातन्त्र पाटी सरकारमा सहभागी भएपनि आफ्ना एण्जेडामा राप्रपामा अडिक रहेको बताइन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: