राष्ट्रपति भारत भ्रमण जाने र फर्कने दिन सार्वजनिक बिदा

काठमाडौँ, वैशाख ४। सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्ने र स्वदेश फर्कने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले  एक विज्ञप्ति जारी गरी भोलि सोमबार र आउँदो शुक्रबार नेपालभरका सबै सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिइने जनाएको छ ।

राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । यसैगरी उहाँ यही वैशाख ८ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: