उपत्यकामा मापदण्डभन्दा पाँच गुणा बढी प्रदूषण

काठमाडौं, बैसाख ४ ।  असोजयता उपत्यकाको प्रदूषण मात्रा पटक पटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्दछ ।

तर उपत्यकाको हावामा पार्टीकुलेट म्याटर(पिएम) २.५ को मात्रा २ सय माइक्रोग्राम प्रतिघनमिटर भन्दा माथि पुगेको तथ्याङ्क छ ।

औषतभन्दा प्रदूषण मात्र बढी (हानिकारक अवस्था) हुँदा सास फेर्नै सकस हुन्छ ।

पुस, माघ, फागुनको अधिकांश समयमा उपत्यकावासीले मापदण्डभन्दा पाँच गुणा बढीसम्म प्रदूषणको सकस भोग्नुपर्यो ।

यो खबर आजको नागरिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्