डिपिएलमा आज रुपन्देही र धनगढी भिड्दै

धनगढी, बैशाख ४। धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगितामा आज रुपन्देही च्यालेन्जर्स र धनगढी टिम चौराह भिड्दै छन् ।

धनगढी स्थित सेती अञ्चल प्रहरीको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गतको लिग चरणको अन्तिम खेलमा दुइ टिमविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
आज हुने खेलले प्लेअफको टुङगो लगाउनेछ । अंक तालिकामा रुपन्देही च्यालेन्सर्ज पहिलो र विराटनगर किग्स दोस्रो हुदै प्लेअफमा पुगिसकेका छन् ।काठमाण्डौ गोल्डेन्स कञ्चनपुर आईकोनिक र सिवाईसी अत्तरीयाको समान ४ अंक रहेको छ ।

रनरेटका आधारमा काठमाण्डौ तेस्रो र कञ्चनपुर आईकोनिक चौथो स्थानमा रहेको छ । रनरेटले अत्तरीया पाचौ स्थानमा रहदा दुई अंक रहेको टीम धनगढी चौराह पुछारमा रहेको छ ।
अन्तिम खेलमा धनगढीले जितेमा समान चार अंक रहनेछ । त्यसपछि रनरेट हेरिनेछ ।
धनगढी रुपन्देहीसग हारेमा काठमाण्डौ र कञ्चनपुर प्लेअफमा पुग्नेछ । बैशाख ३१ गतेसम्म संचालन हुने प्रतियोगितामा विजेता टिमले १५ लाख रुपैया पुरस्कार पाउने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: