कुन्दनको हत्या होइन, आत्महत्या नै होः प्रहरी

काठमाडौं, बैसाख ४ । काठमाडौंको रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ। विद्यालयभित्रै थापा मृत भेटिएपछि घटनाबारे छानविन गर्न गठित छानविन समितिले ‘आत्महत्या’ गरेको निष्कर्ष निकालेको हो। यो खबर हामीले आजको अन्नपूर्ण दैनिकबाट लिएका हौ।

याे पनि पढ्नुस  एकै पटक ५ सय ४७ इन्सपेक्टरको सरुवा !

करिव दुई साताअघि १४ वर्षीय कुन्दनको स्कुलकै तेस्रो तलाबाट हाम फालेर मृत्यु भएको थियो। मृतकका आफन्तले कुन्दनले आत्महत्या गरेको नभईँ उनको हत्या भएको दाबी गरेपछि घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो।

याे पनि पढ्नुस  अपहरणकारी र प्रहरीबीच राजधानीमा गोली हानाहान, घाइते एक जना अपहरणकारी पक्राउ

समितिले आइतबार महानगरिय प्रहरी प्रमुख डीआईजी बम बहादुर भण्डारीलाई छानविन प्रतिवेदन बुझाएको छ । प्रतिबेदनमा कुन्दनको हत्या नभईँ उनले आत्महत्या गरेको उल्लेख छ। ‘प्राविधिकरुपमा सम्पुर्ण अध्ययन गर्दा कुन्दनको हत्या भएको देखिदैन। उनले आत्महत्या नै गरेका हुन्’, संयोजक ज्ञवालीले भने। उनले छानविनका क्रममा ४५ जनासँग कुरा गरिएको बताए। प्रशासकीय कमजोरीका कारण विद्यलालयका वार्डेन प्रहरी निरीक्षक शर्मिला गुरुङलाई विभागीय कारबाहीको सिफारिस समितिले गरेको छ।

कमेन्ट गर्नुहोस्