तराईबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेताहरुको छुट्टै भेला

काठमाडौँ, वैशाख ४। सरकारले ल्याएको नयाँ संविधान संसोधन विधेययकप्रति असन्तुष्टी जनाउँदै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि तराईबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद तथा केन्द्यि सदस्यहरुले धारणा तय गर्दैछन् ।

अस्ति केन्द्रिय कार्यलयमा भएको छलफलमा पार्टी नेतृत्वलाई केहीदिन पर सारेर भएपनि एकै चरणमा स्थानीय निर्वाचन गर्नेगरी राजनितिक सहमतीको वातावरण बनाउन सुझाव दिएका नेताहरुले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल र कांगेस सभापति शेरबहादुर देउवाले बैशाख ३१ मै निर्वाचन गर्नेमा अडिग रहने र मधेसी मोर्चा आए दुई नम्बर प्रदेशमा केहिदिन सार्ने सहमती गरेपछि नेताहरुले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

नेतृत्वलाई दिएको दवावबारे छलफल गर्ने तराई/मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरुले छुट्टै आयोजना गरेको भेला अहिले राजधानीम चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्